दर्ता नं : ६१४(१३३)०६७/०६८ सम्पर्क: +९७७ ०७१–५३६३३३, ९८५७०७७७६० इमेल: dhanabarsha123@gmail.com

बचतका सेवाहरुः

संस्थाको विनियम तथा सहकारी विधान अनुसार शेयर सदस्य बनाई शेयर सदस्यहरुलाई सेवा प्रदान गर्ने ।

  • दैनिक बचत
  • मासिक बचत
  • ऐच्छिक बचत
  • बाल बचत

दैनिक बचत

✅ दैनिक न्यूनतम रु.१००।– जम्मा गर्नुपर्ने र सो भन्दा बढी जम्मा गर्न सकिने ।

✅ दैनिक मौज्दातको आधारमा त्रैमासिक रुपमा व्याज भुक्तानी गरिने ।

✅ आफुले चाहेको रकम आफ्नो खातामा कुनै पनि बेला जम्मा गर्न सकिने र निकाल्न सकिने ।

मासिक बचत

संस्थाको विनियम अनुसार १६ वर्षको उमेर पूरा गरी संस्थाको कार्यक्षेत्रभित्र स्थायी रुपमा बसोबास गरेका व्यक्ति यस बचतमा सहभागी हुन सक्छन् । जस अन्तर्गत :

✅ न्यूनतम रु.१००।– बराबरको १ कित्ता शेयर खरिद गर्नुपर्ने ।

✅ न्यूनतम मासिक रु. १०००।– जम्मा गर्नुपर्ने ।

✅ शेयर सदस्य भएको ३ महिनापछि संस्थाको नियम अनुसार ऋण लिन सकिनेछ ।

✅ बचतमा त्रैमासिक रुपमा संस्थाले ब्याज भुक्तानी गर्ने छ ।

ऐच्छिक बचत

✅ शेयर सदस्य बन्नुपर्ने ।

✅ दैनिक मौज्दातका आधारमा त्रैमासिक रुपमा ब्याज भुक्तानी ।

✅ खाता खोल्दा रु.१०००।– मात्र जम्मा गरे हुने ।

✅आफुले चाहेको रकम आफ्नो खातामा कुनै पनि बेला जम्मा गर्न सकिने र निकाल्न सकिने ।

✅ चेक बुक (बचत भुक्तानी पुर्जा) लिनको लागि अतिरिक्त रकम बुझाउनु नपर्ने ।

बाल बचत

✅ यस बचत कार्यक्रममा सहभागी हुन चाहने सदस्यहरुलाई संस्थाले एउटा खुत्रुके बाकस उपलब्ध गराउनेछ ।

✅ त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिनेछ ।

✅ महिनाको एक पटक सङ्कलित रकमलाई सक्रिय गराउनको लागि आफ्नो खुत्रुके बाकस कार्यालयमा लगी खोली रकमलाई सम्बन्धीत व्यक्तिको खातामा जम्मा गर्न सकिनेछ ।

✅ जन्मदिनको अवसरमा केक उपलब्ध गराइनेछ ।